माछापुच्छ्रे –८ मा महिला उद्यमशीलता अन्तरक्रिया

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को वडा कार्यालयको आयोजनामा वडाका गृहिणी महिला बिच उद्यमशीलता सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
वडा कार्यालयमा आईतबार भएको कार्यक्रममा संविधान सभा सदस्य तथा अचार उद्यमी शान्ता चौधरीले आफ्नो कम्लरी जीवनदेखि व्यवसायी बन्ने संघर्षको अनुभव बाँडेकी थिइन् । महिलामा हिम्मत र आत्मनिर्भरता भए समाजमा अपमान सहनु नपर्ने उनको भनाइ थियो । उनले अचार व्यवसायलाई टिकाउ बनाउन बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
माछापुच्छ्रे गाउँपालिका उपप्रमुख सिता अधिकारीले गृहिणी महिलालाई उद्यमशीलताको माध्यमबाट आत्मनिर्भर बनाउन पालिका प्रतिबद्ध रहेको बताइन् ।स्थानीय उत्पादनलाई प्राथमिकता दिने र संस्थागत रूपमा समर्थन गर्ने उनले आश्वासन दिइन् ।
माछापुच्छ्रे गाउँपालिका-८ का वडाअध्यक्ष राम गुरुङले अचार उद्यमलाई सफल उद्यमका रूपमा अगाडि बढाइने बताए । यसमा वडा कार्यालयबाट सक्दो सहयोग गरिने उनको भनाइ थियो ।
कार्यक्रममा माछापुच्छ्रे-१ का वडासदस्य पुर्खाबहादुर पुनले स्थानीय सरकार र संघ–संस्थाले विभिन्न तालिम दिए पनि बजार व्यवस्थापनमा ध्यान नदिँदा ती प्रयासहरू सफल हुन नसकेको उल्लेख गरे । सोही कारण बजारिकरणमै उद्यमशीलताको सफलता निहित रहेको उनको भनाइ थियो । युवा उद्यमी सबिता बरालले महिलाले गरेको श्रमलाई आय आर्जनसँग जोड्न सके मात्र आत्मनिर्भर समाज निर्माण सम्भव हुने धारणा राखिन् ।
वडाअध्यक्ष राम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य अर्जुन परियारले गरेका थिए । भने, कार्यपालिका सदस्य मनकुमारी तामाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडासदस्य चोकप्रसाद दाहालले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए ।






‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया