‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन हुँदै

समाधान संवाददाता २०८२ भदौ १७ गते ११:४३

पोखरा ।
पद्माप्रेम थिएटरले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ मञ्चन गर्ने भएको छ । नाटक आगामी असोज ३ गतेदेखि ६ गतेसम्म पोखरा थिएटर, गैह्रापाटनमा मञ्चन हुने कार्यक्रम तय गरिएको छ ।


लेखक साबित्रा पाठक (सवु) द्वारा लिखित र गोविन्द पराजुलीले निर्देशन गरेको नाटक प्रत्येक दिन बेलुकी ५ बजे प्रस्तुत गरिनेछ भने असोज ६ गते दिउँसो १ बजे पनि एक अतिरिक्त शो राखिएको छ ।


नाटकमा कलाकारहरू गोविन्द पराजुली, रोशनी रामदाम, सितला अधिकारी, अभिषेक भुसाल र प्रदीप गौतम ‘प्रमोद’ ले अभिनय गर्नेछन् ।

Advertisement


यस नाटकलाई हेमन्त पराजुली ‘हितैषी’ ले व्यवस्थापन गर्नेछन् भने संगीतमा जय चापागाईं, प्रचार–प्रसारमा ज्योति हमाल र मनिषा लामिछाने रहेका छन् । पोस्टर डिजाइन सुरक्षा दाहालले गरेकी हुन् ।


पद्माप्रेम थिएटरले यसअघि गरेको मञ्चनबाट सिकेका अनुभव र कमजोरी सच्याउँदै यसपालिको प्रस्तुति अझ उत्कृष्ट हुने विश्वास व्यक्त गरेको छ । साथै, संस्थागत वा व्यक्तिगत रूपमा सहकार्य गर्न चाहनेहरूसँग सम्पर्क गर्न समेत अनुरोध गरिएको पद्माप्रेम थिएटरले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया