वाङचुलाई स्नुकर उपाधि

समाधान संवाददाता २०८२ असोज २ गते १३:०१

पोखरा ।
काठमाडौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नुकर प्रतियोगिता २०८२ को उपाधि जितेका छन् । पोखरामा मंगलबार सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाडौंकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएका हुन् ।


बेस्ट अफ इलाभेनको आधारमा भएको फाइनल खेलमा जित हाँसिल गर्दै तामाङले नगद २ लाख २ हजार २ सय २ रुपैयाँक साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता भएका शेर्पाले भने ८० हजार प्राप्त गरे । प्रतियोगितामा तामाङ र शेर्पाले समान ८१ ब्रेक गरी हाइएस्ट ब्रेकरको उपाधि बाँडे । उनीहरुले समान नगद १० हजार पुरस्कार प्राप्त गरे ।


विजयी खेलाडीलाई जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष मिलन गुरुङ, कास्की बिलियार्ड स्नुकर तथा पुल संघका संस्थापक अध्यक्ष वसन्त गौचन, संघका वरिष्ठ उपाध्यक्ष राजु गुरुङ, उपाध्यक्ष खली थापा, संघका महासचिव सविन जिसी, कोषाध्यक्ष धीरबहादुर लामा, खेलाडी होम नेपाली, प्रतियोगिताका संयोजक सोम विक लगायतले पुरस्कार वितरण गरेका थिए ।

Advertisement


पोखरा ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोट्र्स बार प्रालिको आयोजनामा र कास्की बिलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा दोस्रो पटक प्रतियोगिता भएको हो । प्रतियोगितामा देशभरबाट १ सय ३६ जना खेलाडी सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया