जेन–जी आन्दोलनका ५६ घाइतेलाई परिचयपत्र वितरण

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा घाइते भएका ५६ जनालाई नेपाल सरकारले आधिकारिक घाइते परिचयपत्र वितरण गरेको छ । आइतबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा थप तीन जनालाई परिचयपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।
‘अस्पतालमा उपचाररत, घरमै बेडरेस्टमा रहेका र आउन सक्ने अवस्थाका आन्दोलनकारीहरुलाई परिचयपत्र वितरण गरेका छौं,’ रिजालले सञ्चारकर्मीहरूसँग भने, ‘अहिलेसम्म ५६ जनालाई सरकारले निर्णय गरेअनुसार २० हजार रुपैयाँ राहत र घाइते परिचयपत्र वितरण गरिसक्यौं ।’
उनका अनुसार आइतबार ट्रमा सेन्टरमा तीन जनालाई कार्ड वितरण गरिएको हो । बाँकी घाइतेहरुको विवरण संकलन भइरहेकाले चाँडै सबैलाई कार्ड वितरण गर्ने तयारी भइरहेको पनि उनले बताए ।
सरकारले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई राहत, उपचार र पहिचानका उद्देश्यले परिचयपत्र वितरण सुरु गरेको हो ।
तर कार्ड प्राप्त गरेका घाइतेहरुले अन्तरिम सरकारले वाचा गरेअनुसार राहत र उपचारमा चासो नदेखाएको गुनासो गरेका छन् । उनीहरूले देशभर सयौं आन्दोलनकारी अझै उपचाररत रहे पनि राज्यले पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन् ।








युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया