पोखरामा ठक्कर दिएर फरार सुमो र चालक पक्राउ

पोखरा । पोखराको हेम्जामा ठक्कर दिएर एक पैदलयात्रीको ज्यान लिई फरार भएको सुमो गाडी र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
कात्तिक २ गते साँझ करिब ६:४० बजे नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको नम्बर नखुलेको एक सवारी साधनले हेम्जामा अन्दाजी ५५ वर्षीय एक पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले फरार सवारी साधनको खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले कात्तिक ३ गते पोखरा महानगरपालिका वडा नम्बर १० रंगशाला गेटअगाडिबाट घटनामा संलग्न ग १ ज ७११० नम्बरको सुमो गाडीसहित चालक सुशील सुनारलाई नियन्त्रणमा लियो।
पर्वतको मोदी गाउँपालिका वडा नम्बर १ भुक्ताङ्ले घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १५ फुलवारी बस्ने २८ वर्षीय सुनारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया