सामसङका नयाँ २ मोडल बजारमा

पोखरा ।
सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड ७’ र ‘ग्यालेक्सी जेड फ्लिप ७’ सार्वजनिक गरेको छ । शार्क ट्यांक नेपाल, हिमालय टिभी र सामसङ नेपालबीचको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा सामसङले फोल्डेबल प्रविधिको नयाँ पुस्तालाई नेपाली बजारमा प्रस्तुत गरेको हो ।
कार्यक्रममा सहभागी शार्कहरूले नयाँ पुस्ताका यी फोल्डेबल डिजाइन, कार्यसम्पादन र एआई–सञ्चालित सुविधाहरूको प्रत्यक्ष अवलोकन तथा अनुभव गरे । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी जेड फोल्ड ७ र फ्लिप ७ ले नवप्रवर्तन र बहुमुखी प्रतिभाको नयाँ पहिचान दिएको बताए ।
ग्यालेक्सी जेड फोल्ड ७ ले फराकिलो डिस्प्ले र उन्नत मल्टिटास्किङ क्षमतामार्फत उत्पादकतालाई नयाँ स्तरमा पु¥याउने बताइएको छ । ग्यालेक्सी जेड फ्लिप ७ ले स्टाइलिस तर शक्तिशाली प्रदर्शनमार्फत युवा पुस्तालाई लक्षित गर्दै फोल्डेबल प्रविधिलाई अझ आकर्षक बनाएको छ ।
शार्क ट्यांक नेपालसँगको सहकार्यले प्रविधि, मिडिया र उद्यमशीलता क्षेत्रबीच नवीनतालाई एकीकृत गर्दै नयाँ पुस्ताका परिवर्तनकारीहरूलाई प्रेरित गर्ने उद्देश्य बोकेको छ । यस साझेदारीमार्फत सामसङले नेपाली बजारमा फोल्डेबल प्रविधिको अग्रणी प्रस्तुतिकर्ता भएर उद्यमी, नवप्रवर्तक र सिर्जनाकर्तालाई सशक्त पार्ने प्रतिबद्धता दोहोर्याएको छ ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया