देउसी-भैलोबाट संकलित रकमबाट बैदाम प्रहरीले किन्यो मोटरसाइकल

समाधान संवाददाता २०८२ कार्तिक १७ गते १८:०९

पोखरा । तिहारको अवसरमा देउसी-भैलो खेलेर संकलित रकमबाट वडा प्रहरी कार्यालय बैदामले एक थान मोटरसाइकल खरिद गरेको छ। लक्ष्मी पूजाका दिन, २०८२ कार्तिक ३ गते वडा प्रहरी कार्यालय बैदामको आयोजनामा भएको देउसी-भैलो कार्यक्रमबाट संकलित रकममा कार्यालयले केही थप गरी मोटरसाइकल खरिद गरिएको हो।

वडा प्रहरी कार्यालय बैदाम परिसरमा आयोजित उक्त देउसी-भैलो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, वडा अध्यक्षहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्षहरू र पत्रकारहरूको समेत उपस्थिति थियो।

देउसी-भैलोबाट २ लाख २१ हजार ५ सय १४ रुपैयाँ संकलन भएको थियो। यसमा कार्यालयबाट केही रकम थप गरी जम्मा २ लाख २४ हजार ९ सय ७० रुपैयाँमा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले उक्त नव-खरिद मोटरसाइकल वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईलाई हस्तान्तरण गरे। यस कार्यले प्रहरी कार्यालयको कार्यसम्पादनमा थप सहजता आउने अपेक्षा गरिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया