गोरखाको पाङबारी हिमालमा फसेका २ इटालियन नागरिकको मृत्यु

पोखरा ।
गोरखाको चुमनुब्री १ स्थित पाङबारी हिमालमा बेपत्ता भएका दुई इटालियन नागरिकको पाँच दिनपछि शव फेला परेको छ । मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनीहरु हिउँले पुरिएको अवस्थामा फेला परेको गोरखा प्रहरीले जानकारी दिएकाे छ ।
७००५ मिटर अग्लो पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन र एक नेपाली सहयोगी गत हप्ताको बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए ।
आधार शिविरमा ६७ वर्षीय स्तेफानो फरीनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो हिमालको पहिलो शिविरमा फसेको प्रहरीको भनाइ छ । हिमाल आरोहण गर्न नसकी फर्कने क्रममा हिमपातले बाटो अवरुद्ध भएर उनीहू फसेका थिए ।
५००० मिटर उचाइमा अवस्थित पाङबारी हिमालको बेसक्याम्पमा फसेका ६५ वर्षका भेल्टर पेरलिनोको भने आइतबार बिहान १० बजे हेलिकोप्टरबाट उद्धार गरिएको थियो । बेसक्याम्पमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौं पठाएको प्रहरीको भनाइ छ ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया