स्याङ्जामा रेडियो चोरेको आरोपमा ४७ वर्षपछि पक्राउ
समाधान संवाददाता
२०८२ कार्तिक १८ गते १७:०१

पोखरा ।
स्याङ्जामा रेडियो चोरेको आरोपमा एक जना ४७ वर्षपछि पक्राउ परेका छन्। गल्याङ नगरपालिका–७ कल्लेरी बस्ने ७० वर्षीय लालबहादुर रानालाई सोमबार स्याङजा प्रहरीले पक्राउ गरेको हो।
उनीविरुद्ध साविक पेलाकोट गाउँपालिका वडा–२ हालको गल्याङ नगरपालिका–७ कै दिलबहादुर रानाले घरबाट सुनका गहना र रेडियो चोरीको भन्दै विःस २०३५ वैशाख १५ मा प्रहरीमा जाहेरी दिएका थिए।
उक्त जाहेरी अनुसार २०४५ साल मंसिर १६ गते जिल्ला अदालतबाट रानामाथि नकबजनी चोरी मुद्दामा फैसला भएको थियाे । उनलाई एक महिना १५ दिन कैद र ४ हजार ५ सय रूपैयाँ जरिवाना तोकिएको थियो।
उनलाई फौसला कार्यान्वयनका लागि जिल्ला कारागार चलान गरिएको छ।
सम्बन्धित







‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया