सिजीले ल्यायो एआई–सञ्चालित एयर फ्रायर

समाधान संवाददाता २०८२ कार्तिक २७ गते १६:१६

काठमाडौं ।
नेपालको अग्रणी र भरोसायोग्य ब्रान्ड सिजीले आफ्नो घरायसी उपकरण ब्रान्ड अन्तर्गत नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ । आधुनिक नेपाली भान्साको सुविधा, समय बचत र स्वास्थ्यलाई ध्यानमा राख्दै सिजी मेरिडिया स्मार्ट एयर फ्रायर मोडेल सिजीएमआरएएफ८एलएआईले घरेलु पाक प्रविधिलाई नयाँ युगमा प्रवेश गराएको छ ।


सिजीएमआरएएफ८एलएआई नेपालमा पहिलो पटक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) र इन्टरनेट अफ थिङ्स (आईओटी) प्रविधि संयोजन भएको एयर फ्रायर हो । यसको पावर १ हजार ८ सय वाट र क्षमता ८ लिटरको छ ।

यसमा भित्रै जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरू मार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाउने क्षमता राख्छ । त्यसको विश्लेषणका आधारमा, एयर फ्रायरले आवश्यक तापक्रम र पकाइ समयलाई स्वतः समायोजन गर्छ, जसले हरेक पटक उत्तम र सटीक परिणाम सुनिश्चित गर्छ ।

Advertisement


यस उपकरणलाई सिजी स्मार्ट होम एप मार्फत रिमोट कन्ट्रोल गर्न सकिन्छ । प्रयोगकर्ताले आफ्नो स्मार्टफोनबाट नै पकाइ मोड, तापक्रम र समय सेट गर्न सक्ने आधुनिक सुविधा प्राप्त गर्छन् ।


सिजीएमआरएएफ८एलएआई एआई एयर फ्रायरका मुख्य विशेषताहरूमा स्मार्ट एआई कुकिङ, स्मार्ट वाटर एन्ड ओइल स्प्रे फंक्सन, ठूलो क्षमताको नन–स्टिक बास्केट (८ लिटर), वर्सटाइल कुकिङ अप्सन, एड्जस्टेबल टेम्परेचर कन्ट्रोल, ¥यापिड एयर फ्लो टेक्नोलोजी र सी–थ्रु विन्डो रहेका छन् । स्मार्ट एआई कुकिङमा २५ स्वचालित मेनुसहितको एआई प्रणालीले पकाइको समय र तापक्रम स्वतः समायोजन गरी प्रत्येक पटक उत्कृष्ट परिणाम सुनिश्चित गर्छ ।

Advertisement


स्मार्ट वाटर एन्ड ओइल स्प्रे फंक्सनले खानाको बाहिरी र भित्री भागलाई समान रूपमा कुरकुरे र स्वादिष्ट बनाउने नवीन स्प्रे प्रविधि प्रदान गर्छ । यसमा ठूलो परिवार वा धेरै परिकारहरूका लागि उपयुक्त विशाल क्षमताको बास्केट छ । फ्राइ, ग्रिल, रोस्ट वा बेक — एकै उपकरणमा विविध पकाइ विकल्पहरू उपलब्ध छन् ।

८० डिग्री सेल्सियसदेखि २०० डिग्री सेल्सियससम्मको तापक्रम नियन्त्रण — सटीक र लचक पकाइको लागि एड्जस्टेबल टेम्परेचर कन्ट्रोल छ । र्यापिड एयर फ्लो टेक्नोलोजीले तेल बिना नै कुरकुरे स्वाद — सबै दिशाबाट समान रूपमा पकाउने प्रविधि प्रदान गर्छ । सी–थ्रु विन्डोले पकाइको अवस्थालाई सजिलै नियाल्न सकिने पारदर्शी झ्याल सुविधा दिन्छ ।


सिजीएमआरएएफ८एलएआई को अधिकतम खुद्रा मूल्य १६ हजार १ सय ४० रुपैयाँ निर्धारण गरिएको छ र यो एयर फ्रायर देशभरका सबै सिजी डिजिटल आउटलेटहरूका साथै अन्य खुद्रा स्टोरहरू, तथा कम्पनीको आधिकारिक वेबसाइट मार्फत पनि सहजै खरिद गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया