निर्वाचनका लागि तीन दिन बिदा सिफारिस

पोखरा ।
निर्वाचनको अघिल्लो दिन र भोलीपल्ट समेत सार्वजनिक बिदा दिन नीति अनुसन्धान प्रतिष्ठानले सरकारलाई सिफारिस गरेको छ।
निर्वाचन हुने दिन सहित त्यसको अघि र पछि गरेर कम्तीमा पनि तीन दिन सार्वजनिक बिदा दिँदा नागरिकलाई सहज हुने साथै नाम दर्ता रहेकै निर्वाचन क्षेत्र/बुथमा पुगी मतदान प्रक्रियामा सहभागी हुन सक्ने प्रतिष्ठानकाे भनाइ छ ।
मन्त्रिपरिषदको निर्णयमार्फत् आवश्यक नीतिगत प्रबन्ध गरी निर्वाचन प्रयोजनार्थ कम्तीमा तीन दिन सार्वजनिक बिदा दिने व्यवस्था गर्नु उपयुक्त हुने अध्ययनले सिफारिस गरेको छ।
निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरु (म्यादी प्रहरी समेत), निजामती कर्मचारी, शिक्षक सहितका सबै कर्मचारीलाई आफू खटिएकै निर्वाचन केन्द्र/बुथबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतदान प्रक्रियामा सहभागी गराउन सुझाव दिएको छ।
प्रतिनिधि सभा निर्वाचन आउँदो फागुन २१ गते हुने छ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया