पोखरा कलेजमा जब फेस्ट

समाधान संवाददाता २०८२ मंसिर ७ गते १७:१०

पोखरा ।
पोखराको नदीपुर स्थित पोखरा कलेज अफ म्यानेज्मेन्टको आयोजनामा ‘पिसिएम जब फेस्ट–२०२५’ भएको छ । नेपाल युवा उद्यमी मञ्च, पोखरासँगको सहकार्यमा कलेज प्रांगणमा सम्पन्न फेस्टमा बिबिए, बिसिएस आइटीतर्फ सातौं तथा आठौं सेमेस्टरमा अध्यायनरत तथा भर्खरै पास आउटसमेत गरी झण्डै २ सय विद्यार्थीको सहभागिता थियो ।


फेस्टमा सुजल फुड्स, जोन्छे ट्रेडर्स, होटल सरोवर, मिन मार्ट, पोखरा इन्टरनेट, कर्माचार्य ग्रुप लगायत विभिन्न प्रतिष्ठित प्रतिष्ठानका स्टल थिए । कलेजकी प्राचार्य लीना नेगी श्रेष्ठले विद्यार्थी र व्यावसायीक घरानाबिच सम्बन्ध कायम गराउने सेतुको भूमिका निर्वाह गर्दै कलेजले विगतदेखि नै यो महोत्सव आयोजना गरेको बताइन् ।


‘विद्यार्थी आफैंले खोजे जस्तै रोजगारी प्राप्त गर्ने छन् भने व्यवसायीहरुले पनि चाहे जस्तै दक्ष कर्मचारी प्राप्त गर्ने साझा थलो यो फेस्ट हो,’ उनले भनिन् । व्यावसायिक घरानाका प्रतिनिधिसँग विद्यार्थीले साक्षात्कार गर्दा उनीहरुभित्रको आत्माबल पनि बढ्ने नेगीको विश्वास छ ।

Advertisement


होटल सरोवरका प्रतिनिधि सायोरी थापाले अहिले होटलमा रोजगारीको अवसर रहेको हुँदा त्यसैका बारेमा जानकारी दिन र उत्कृष्ट कर्मचारीको छनाृट गर्ने उद्देश्यले पिसिएम जब फेस्टमा सहभागिता जनाएको बताइन् । सुजल डेरीका प्रतिनिधि अमृत तिमिल्सिनाले कलेजले रोजगार खोज्ने र रोजगार दिनेलाई एकै ठाउँमा भेट गराएर समन्वय गरेमामा धन्यवादा दिए ।


कार्यक्रमका लागि कलेजका बिसिएस आइटी संयोजक हरिप्रसाद बराल, बिबिए संयोजक हरि अधिकारी, सरोज कुँवर लगायतले समन्वय गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया