विन्ध्यवासिनी माविमा लोकगीत प्रतियोगिता

समाधान संवाददाता २०८२ मंसिर ८ गते १२:१३

पोखरा ।
पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा लोकगीत प्रतियोगिता भएको छ । आधारभूत तहको कक्षा १ देखि ३ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा भिजा बुढामगर, आशिका घर्तीमगर र अस्मिता क्षेत्रीको माछापुच्छ्रे सदन प्रथम, आशुतोष आचार्य, प्रिन्सा सुर्खेती र रिदम गाहाको फेवा सदन द्वितीय भए ।


जेनिशा विक, दीपिका मगर, र दीया नेपालीको धौलागिरी सदन तृतीय र नित्यान देवकोटाले तृतीय स्थान प्राप्त गरेको आधारभूत तह इन्चार्ज गोविन्द शर्माले बताए । प्रतियोगितामा १९ टोलीले सहभागिता जनाएका थिए ।

कक्षा ३ का प्रदिश थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि सिर्जना शर्मा सिग्देल, गोविन्द शर्मा पौडेल निर्णायक थिए । कार्यक्रममा कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र शिक्षक विष्णुमाया गौतमले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया