‘निट डेण्टल पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन

पोखरा ।
निट डेन्टल पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने पुरस्कारका लागि बुधबार प्रतिभा छनोट समिति गठन गरिएको हो ।
फोनिज गण्डकीको बैठकले फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीसमगर, अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर छन् ।
पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उक्त पुरस्कार मंगलबार घोषणासँगै पुरस्कार सञ्चालनका लागि ५ लाख रुपैयाँको अक्षयकोष राखिएको छ । निटको तेस्रो वार्षिकोत्सव मंसिर २६ गते भएकाले पुरस्कार स्थापनासँगै प्रतिभा छनोट समिति गठन गरिएको फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।
पत्रकारिताका माध्यमबाट समाज परिवर्तनमा सकरात्मक भूमिका निभाएका पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए । यो पुरस्कार फोनिजमा मात्र सीमित नभएर अन्य समुदायका पत्रकारले पनि प्राप्त गर्न सक्ने उपाध्यक्ष गुरुङले बताए । ‘नेपालभित्र जुनसुकै जिल्लामा रहेर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारले यो पुरस्कार प्राप्त गर्न सक्नुहुन्छ,’ उनले भने, ‘हरेक वर्षको मंसिर २६ गते १ पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिनेछ ।’









हेमजा साहित्य महोत्सवमा कवि मुकुन्दशरण उपाध्यायको रथारोहण
फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्योलमा
‘कृषकलाई मौसमले ठग्दो रहेछ’
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया