एमाले सचिवमा जगत विश्वकर्माको उम्मेदवारी हुने

पोखरा
नेकपा एमालेका युवा नेता जगत विश्वकर्मा पार्टीको ११ औं महाधिवेशनमा सचिवको उम्मेदवार हुने भएका छन् । उनले समाधानन्युज डटकमलाई आफू उम्मेदवार हुने पुष्टि गरे ।
अहिले एमाले पोलिटब्युरो सदस्य रहेका विश्वकर्मा दसौं महाधिवेशनबाट पोलिटब्युरो सदस्य निर्वाचित भएका थिए । त्यसो त ९ औं महाधिवेशनबाट पनि उनले सोही जिम्मेवारी पाएका थिए । त्यसअघि २०६५ सालमा भएको ८ औं महाधिवेशनबाट भने विश्वकर्मा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
‘राष्ट्रिय राजनीतिमा जे जति चुनौती छन्, तिनको सामना गर्न, नेपालको कम्युनिस्ट आन्दोलनलाई साकार पार्न, जबजको कार्यान्वयन गरी नेपालको सामाजिक, आर्थिक र सांस्कृति रुपान्तरण गरी विकास र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल गर्ने उद्देश्यले मेरो उम्मेदवारी हुनेछ,’ उनले भने ।
विश्वकर्मा २०७४ सालको आमनिर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका थिए । त्यसपछि उनी केपी ओली नेतृत्वको सरकारमा ३ वर्ष युवा तथा खेलकुद मन्त्री बने । आफू मन्त्री बनेका बखत नै खेलकुद विकास ऐन जारी गरेको उनी सम्झन्छन् । दशरथ र पोखरा रंगशालासहित ७ प्रदेशमा खेलकुदका पूर्वाधारहरु निर्माण गरी खेल पूर्वाधारमा फड्को मार्न सफल भएको उनको भनाइ छ । आफ्नै पालामा तेह्रो एसियाली खेलकुद (साग) को सफल आयोजना गरेको र नेपालले ५१ औं स्वर्णपदकसहित दोस्रो स्थान बनाएको पनि विश्वकर्माले सम्झिए ।
२०५४ सालमा कास्कीको लामाचौर गाविसको उपाध्यक्ष निर्वाचित भएका विश्वकर्मासँग नेकपा एमाले लमजुङ, मनाङ र कास्कीको इन्चार्जको जिम्मेवारी सम्हालेको अनुभव छ । त्यसो त उनले पार्टीको साविक गण्डकी अञ्चल इन्चार्ज एवं प्रदेश संरचना बनिसकेपछि पनि प्रदेश कमिटीको सचिव र अध्यक्ष तथा सहइन्चार्जको जिम्मेवारी पनि सम्हालेका थिए । अहिले उनी नेकपा एमाले खानेपानी तथा सरसफाइ विभागको प्रमुख छन् ।









हेमजा साहित्य महोत्सवमा कवि मुकुन्दशरण उपाध्यायको रथारोहण
फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्योलमा
‘कृषकलाई मौसमले ठग्दो रहेछ’
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया