वुहानबाट १७५ नेपालीकाे उद्दार, १० जना अझै चीनमै

समाधान संवाददाता, काठमाडाैं
चीनकाे वुहानबाट १ सय ७५ जना नेपाली लिएर उडेकाे नेपाल एयरलाइन्सकाे जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण छ ।
नेपालले हुवेई प्रान्तमा रहेका १ सय ८५ जना आफ्ना नागरिकलाई उद्दार गर्ने भनेपनि १० जना छुटेका छन्।
६ जना भने स्वास्थ्य समस्याका कारण नेपाल आउन पाएनन् । शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियस भन्दा माथि देखाएपछि चीन सरकारले उनीहरुलाई नेपाल जान नदिने बताएका थिए । ती ६ जनामा कस्तो स्वास्थ्य समस्या देखिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन।
अन्य चारजना भने आफ्नो इच्छाले नेपाल नआएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपालबाट उद्दारको लागि जहाज आउने भएपछि हुबेई प्रान्तमा रहेका नेपालीहरु शनिबार दिउँसै राजधानी वुहानमा जम्मा भएका थिए। दूतावासले विभिन्न सहरबाट आफ्ना नागरिकलाई ६ वटा बसमा वुहानसम्म ल्याएको थियो।
उनीहरुलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ।









कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया