नेसन पुनलाई आइडल बनाउन अभियान

समाधान संवाददाता २०७६ फागुन ६ गते १२:४५

समाधान संवाददाता
पोखरा

नेपाल आइडल सिजन ३ को उत्कृष्ट ९ मा पर्न सफल नेसन पुनलाई आइडल बनाउन पोखरामा अभियान नै थालिएको छ । नारायण पुन संयोजक रहेको समिति गठन गरिएको हो ।

२७ सदस्यीय समितिको सहसंयोजक विनीत जोजिजू, महासचिव मनकुमार श्रेष्ठ, सचिव सुरज थापामगर, आर्थिक संयोजक लक्ष्मी बुदुजा छन् । लक्ष्मीलाई इन्द्र गर्बुजा, तारा गर्बुजा र उदेश पुनले सहयोग गर्नेछन् ।

Advertisement

यस्तै प्रचारप्रसार विभागमा सन्तोष बस्याल र उमेश पुन, संघसंस्था समन्वयमा मेजन पुन, वैदेशिक समन्वयमा जंग बुदुजा छन् । समिति सदस्यहरुमा कृष्ण भण्डारी, जीवन गुरुङ, राहुल थापा, विष्णु पोखरेल, प्रकाश पौडेल, भक्तबहादुर पुन, शिव गर्बुजा, प्रेम पुन, नरबहादुर पुन, दुधबहादुर राम्जाली, टेकबहादुर पाइजा, प्रेम थापा मगर, माया पुन, शिव पाइजा र खिमन शेरपूर्जा छन् ।

समिति सल्लाहकारमा राज पौडेल, राजकुमारी पुन, हर्कबहादुर पुन, पदमराज ढकाल, नवराज बराल, बलबहादुर पाइजा, सुनील थापा, प्राज्ञ रमेश श्रेष्ठ, रामचन्द्र पौडेल, रामभक्त जोजिजू, रुद्र श्रीष, दीपेन्द्र श्रेष्ठ, रवीन्द्र गर्बुजा, खेम गर्बुजा, संगीता पुनमगर, प्रमे शंकर बरुवाल छन् ।

Advertisement

एपिवान टेलिभिजनबाट प्रसारित रियालिटी सो नेपाल आइडलको तेस्रो संस्करणमा पोखराका ३ प्रतिस्पर्धी उत्कृष्ट ९ मा छन् । नेसन पुन, ममता गुरुङ र मुस्कान रानाभाट छन् तर नेशन पुन बाहेक अरुका लागि अभियान सुरु भएको छैन ।

म्याग्दी स्थायी घर भएका नेसन सानैदेखि संगीतमा रुचि राख्थे । पोखराबाटै उनको सांगीतिक यात्राको सुरुआत भयो ।

उनकी आमा ममिता पुन शिक्षक हुन् भने बाबा यामबहादुर पुन सवारी चालक हुन् । सिंगो पोखराको प्रतिनिधित्व गरिरहेका गायक नेसनको प्रस्तुतिलाई आइडलमा समेत रुचाइएको छ । नेपथ्य ब्यान्डको ‘भेडाको ऊन जस्तो…’ प्रस्तुतिमा उनले निर्णायकको उठेर सम्मान पाएका थिए । जुन गीतलाई अत्याधिकले मन पराएका छन् ।

‘पहिलो नेपाल आइडल बुद्ध लामा पोखराकै हुन्’, महासचिव मनकुमार श्रेष्ठले भने,‘फेरि इतिहास दोहोर्‍याउन हामी चाहन्छौं ।’

उनले आफू भोटको विरोधी भएको बताउँदै आयोजकको नियमानुसार गर्नुपर्ने उल्लेख गरे । उनले भने, ‘संसारभरका रियालिटीमा यही नै लागु हुन्छ । यहाँ हुनु अस्वाभाविक होइन ।’

समिति सहसंयोजक विनीत जोजिजू नेसन १ राम्रो प्रतिभा भएको उल्लेख गरे । पोखराले गर्व गर्ने कलाकारमा नेसन भएको उनको भनाइ थियो ।

नेशनलाई अनलाइनमार्फत च्भकउभअत बलम च्ष्कभ ब्उउ अथवा भ्(क्भधब म्यधलयिबम गरेर भोट गर्न सकिन्छ । मोबाइलको म्यासेज बक्समा गएर ल्क्ष्ण्ड टाइप गरी ३७००० मा पठाउन सकिन्छ वा ल्यान्ड लाइनमार्फत १६६६७७०८ मा डायल गरी भोट गर्न सकिन्छ । विदेशमा भएकाले भारतमा भोडाफोन प्रयोगकर्ताले ५३०१०, कतारमा ओरेडु प्रयोगकर्ताले ९२३००, मलेसियामा अल टेलीकोस प्रयोगकर्ताले ३३३१० मा एसएमएस पठाएर भोट गर्ने व्यवस्था छ ।

भोटका लागि रकम सहयोग गर्न चाहनेले गरिमा विकास बैंकमा नेसनको भोटिङको निमित्त खोलिएको खाता ०९००१९००८१०९००००००१ मा जम्मा गर्न सकिने समिति संयोजक नारायण पुनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया