भारतमा संक्रमित बढ्दै, लकडाउन पालना नहुँदा त्रास

समाधान संवाददाता २०७६ चैत १५ गते १४:१३

समाधान संवाददाता

भारत सरकारले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि हर सम्भव उपाय अबलम्बन गरेको छ । एक दिन जनता कफ्र्यु घोषणा गरेको भारतीय प्रधामन्त्री नरेन्द्र मोदी भारतभर ३ हप्ताको लक डाउन घोषणा गरेका छन् ।

तर पनि संक्रमितको संख्या बढिरहेको छ । अब भाइरस तेश्रो चरणमा प्रवेश गर्ने संकेत देखिएको छ । बिस्तारै बिस्तारै बढ्दै गएको भाइरस शुक्रबार १६० जना नयाँमा विरामीमा देखियो । आइतबार नौ सयको संख्या पार भैसकेको छ भने २० जनाको मृत्यु समेत भैसकेको छ । आज पनि थप १५ जना नयाँ संक्रमित भेटिएका छन् ।

Advertisement

यसको मतलब हो भारतमा कोरोनाले बिस्तारै बिस्तारै प्रभाव बढाउदेछ । १३५ करोड जनसंख्या रहेको भारतमा सरकारले लक डाउन घोषणा गरेपछि पनि समस्या उत्पन्न भएकै छ । देहाती मजदुरहरु लाखौंको संख्यामा सडकम उत्रिएका छन् । दैनिक काम गरेर हातमुख जोर्ने र परिवार पाल्ने ती मजदुरहरु हिडरै घर जाने भन्द सडकमा उत्रिएकाा छन् । यसले गर्दा लक डाउनले काम गरेको छैन ।

भारतको सबैभन्दा प्रभावित राज्य केरलामा १७६ संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा संक्रमितको संख्या १६२ पुगेको छ । अहिलेसम्म भारतको २७ राज्यमा कोभिड–१९ को प्रकोप फैलिइसकेको छ । नेपालसँगको सीमानाका जोडिएका राज्यहरुमध्ये बिहारमा अहिलेसम्म नौ जनामा भाइरसको संक्रमण देखिएको छ भने उत्तर प्रदेशमा ४९ जनामा संक्रमण देखिएको छ ।

Advertisement

त्यस्तै, उत्तराखण्डमा ५ तथा पश्चिम बंगालमा १५ जनामा यो भाइरसको संक्रमण पाइएको छ । यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो राज्यमा यो भाइरस तेस्रो चरणमा प्रवेश गर्ने अवस्थामा रहेकोले तयारी अवस्थामा रहन सबैलाई आग्रह गरेका छन् ।

यो अवस्थामा कुनै विदेश गएर आएका मानिससँगको सम्पर्क बिना नै यो भाइरस पूरै समुदायमा फैलिन सुरु गर्छ ।

तपाईको प्रतिक्रिया