कालीगण्डकीमा २ बालक बेपत्ता

समाधान संवाददाता २०७७ जेठ ४ गते १८:०७

रामपुर

रामपुर नगरपालिका १० मलौटेस्थित कालीगण्डकी नदीमा पौडी खेल्दा आइतबार २ बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा रामपुर–१० का १० वर्षीय सुनिल भट्टराई र समीर चापागाईँ रहेको वडाध्यक्ष लीलाबहादुर गाहाले जानकारी दिए ।

हुँगी प्रहरीचौकीबाट आएका प्रहरी र स्थानीय बासिन्दाले नदी आसपासका क्षेत्रमा खोजी जारी राखेको वडाध्यक्ष गाहाले बताए ।

Advertisement

कालीगण्डकीमा अहिले पानीको मात्रा बढेकाले खोजी गर्न समस्या रहेको बताइएको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया