काेरियामा कार्यरत पाेखराकी सबी भण्डारीकाे हृदयघातबाट मृत्यु

समाधान संवाददाता २०७७ जेठ १७ गते २२:१६

सउल, १७ जेठ (रासस)

पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ ।

भण्डारीले १० वर्षअघि कोरिया आई छुङ्जु सहरमा आफ्ना पतिका साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन् ।

घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आए पनि औपचारिक रुपम थाहा भइनसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए ।

Advertisement

केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातार जस्तै देखिएको छ ।

गत सोमबार मात्रै धादिङकी मैती तामाङको आफ्नो कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो ।

Advertisement

त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए । थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइतबार कोरियामै अन्तिम संस्कार गरिएको थियो ।

तपाईको प्रतिक्रिया