सञ्चारकर्मी थापाले दिइन् भाडामा छुट

समाधान संवाददाता २०७७ असार ६ गते १५:१२

पोखरा, ६ असार

कोरोना महामारीमा भएको बन्दाबन्दीले समस्यामा परेका भाडावाला व्यवसायीलाई सञ्चारकर्मी कञ्चन थापा र उनका श्रीमान् नगेन्द्र कोइरालाले भाडा छुट गरेका छन् ।

पोखरा महानगरपालिका वडा न ५ पर्स्याङस्थित घरभाडामा रहेको ‘मल्टीस्टार मोटर प्रालि’ र स्टारजोनको सोरुमलाई ३ महिनाको ५० प्रतिशत भाडा छुट गरेको थापाले जानकारी दिइन् ।

Advertisement

‘अहिलेको अवस्था सहज छैन, घरधनीका पनि आफ्नै समस्या छन्,’ थापाले भनिन्, ‘व्यवसाय नै सञ्चालन हुन नसक्दा व्यवसायी झन् मर्कामा छन् । त्यसैले हामीले तीन महिनाको घरभाडमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हौं ।’

उनले एक पक्षीय रुपमा मात्र नहेरी विपतको समयमा आपसी समझदारीबाट घरधनी र भाडावाला अघि बढ्नुपर्ने धारणा राखिन् । थापा फेवा टेलिभिजन र रेडियो अन्नपूर्णमा कार्यरत छिन् ।

Advertisement

थापाका श्रीमान नरेन्द्र कोइरालाले मासिक ९० हजार भाडा रहेको घरभाडामा ३ महिनाको १ लाख ३५ हजार छुट गरेको र सम्झौता अनुसार प्रत्येक २ वर्षमा बढाउँदै आएको १० प्रतिशत भाडा १ वर्ष नबढाउने निर्णय गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया