वालिङ महोत्सवमा ३ दिन थप गरियाे

समाधान संवाददाता २०७५ माघ २८ गते १२:२६

सुशील सुवेदी
वालिङ

वर्षातका कारण केही दिन रोकिएको सातौं वालिङ महोत्सब शनिबारबाट फेरि सञ्चालन भएको छ । साताैं वालिङ महोत्सव बिहीबार र शुक्रबार प्रभावित भए पनि शनिबार उल्लेख्य दर्शकको सहभागिता रह्यो ।

माघ १७ देखि सञ्चालित महोत्सव २८ सम्म तय भए पनि फागुन २ गते सम्पन्न गरिने आयोजक वालिङ उद्योग वाणिज्य संघले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय एवं नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सहयोगमा सञ्चालित ‘एक गाउँ, एक उत्पादन कार्यक्रम’ समेतको सहभागिता गराई कफी प्रदर्शनीसमेत शनिबारबाट सुरु गरिएको छ ।

Advertisement

पशु पंक्षीपालक कृषकको आयआर्जन बढाउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालय स्याङ्जा तथा पशुपंक्षी विकास निर्देशनालय, काठमाडौंको सहयोग तथा समन्वयमा पशुपंक्षी तथा पशुपंक्षीबाट उत्पादन हुने खाद्यवस्तु प्रदर्शनीमा राखिएको हो । कृषि तथा पशुपंक्षी स्टलमा खसीबोका, कुखुरा, माछा, मासु, दूध एवं दूधजन्य पदार्थ प्रदर्शनी र बिक्री वितरणको व्यवस्था मिलाइएको छ । ५ लाख दर्शकले अवलोकन गर्ने महोत्सबमा १५ करोड कारोबार हुने आयोजकको अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया