लेकसाइडमा घाँटी रेटेर सचिनकाे हत्या

समाधान संवाददाता २०७५ माघ २९ गते ११:५७

पाेखरा, रासस

पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । 

पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो ।

Advertisement

घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको कार्कीले बताउनुभयो । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

Advertisement

तपाईको प्रतिक्रिया