अस्ट्रेलियामा बोत्तल उठाएर विद्यालयलाई सहयोग

समाधान संवाददाता
पोखरा
विदेशमा पुराना बोत्तल उठाएर संकलित रकम मनकारीले पोखराको १ विद्यालयमा सहयोग गरेका छन् । अस्ट्रेलियाको सिड्नीस्थित सगरमाथा फुटबल क्लबले संकलन गरेको रकमबाट पोखरा १६ दीपस्थित दीव्यज्योति आधारभूत विद्यालयलाई फोटोकपी मेसिन प्रदान गरिएको हो ।
क्लब प्रशिक्षक शिव तामाङले सोमबार विद्यालयमा आयोजित एक समारोहमा विद्यालय प्रधानाध्यापक कृष्णकुमारी जोशी, विद्यालय अध्यक्ष चन्द्रकान्त आचार्य र वडा सदस्य राजेश गुरुङलाई मेसिन हस्तान्तरण गरे ।
तामाङले नेपालमा केही गरौं भन्ने उद्देश्यले आफूहरुले अस्टे«लियाका विभिन्न रेस्टुरेन्ट, पव सेन्टर तथा घरघरमा फालिएका पुराना बोत्तल संकलन गरी उठेको रकमबाट विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
सो सहयोगप्रति विद्यालय परिवारले आभार प्रकट गरेको छ । ‘बोत्तल फर एजुकेसन एन्ड फुटबल’ भन्ने नाराका साथ क्रियाशील फुटबल क्लबले यसअघि पनि विभिन्न सहयोग गर्दैै आएको छ । क्लबमा हाल ३० खेलाडी छन् । क्लबले नेपालबाट अस्ट्रेलियामा विभिन्न प्रयोजनले जाने नेपालीलाई आवश्यक सल्लाह, सुझाव तथा सहयोग गर्दै आएको फोटोपत्रकारसमेत रहेका क्लब सदस्य राम गुरुङले बताए ।
नेपाली मिलेर सन् १९९९ मा स्थापित सो फुटबल क्लब पुरानो फुटबल क्लबमध्ये पर्दछ । हाल अस्टे«लियामा प्रवासी नेपालीकै २ दर्जनभन्दा बढी फुटबल क्लब छन् ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया