कास्कीमा ३ सहित देशभर ३९६ अस्पताल शिलान्यास

समाधान संवाददाता २०७७ मंसिर १६ गते ९:३२

समाधान संवाददाता, पोखरा

सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सोमबार एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ ।

स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि पन्ध्र शड्ढयाको अस्पताल बनाउन लागेको हो ।

कास्कीमा ३ गाउँपालिका सहित देशका ३९६ पालिकामा सोमबार एकैपटक अस्पताल भवनको शिलान्यास भएको छ ।

Advertisement

कास्कीको रुपा,अन्नपूर्ण र मादी गाउँपालिका पनि अस्पताल भवनको शिलान्यासको कार्यक्रम तय गरिएको छ ।

माछापुच्छ«े गाउँपालिकामा भने अस्पताल भवनका लागि जमिनको टुंगो नलागिसकेकाले पहिलो चरणमा शिलान्यासको कार्यक्रम छैन ।

रुपा गाउँपालिकामा १५ शड्ढयाको अस्पताल निर्माणका लागि गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिलान्यास गरे ।

हाल ५ शड्ढयाको अस्पताल सञ्चालनमा रहेको १ जना डक्टर ल्याब भिडियो एक्सरे सेवा प्रवाह हुँदै आइरहेकोमा अस्पताललाई स्तरोन्नतिका लागि गाउँपालिकाले यसै आवमा ७० लाख विनियोजन गरी स्तरोन्नति भइरहेको छ ।

३ महिना भित्र १० शड्ढया सञ्चालनमा ल्याउने र बाँकी अस्पतालको संरचना अनुसार थप्दै जाने गाउँपालिकाको योजना छ ।

अस्पताल सञ्चालनका लागि हाल गाउँपालिकाले मेडिकल अफिसर १ जना, स्टाफ नर्स २ जना, अहेब १ जना र अनमी १ जना सेवा करारमा लिनका लागि सूचना समेत प्रकाशित गरिसकेको छ ।

३ महिनाभित्र अस्पतालमा एक्सरे, भिडियो एक्सरे लगायत बहिरंग सेवाहरु प्रदान गर्न काम भइरहेको छ ।

मादीको तल्लो छाचोक ज्याम्दुमा सांसद खगराज अधिकारीले अस्पतालको शिलान्यास गरेका छन् ।

त्यहाँ १५ शड्ढयाको अस्पताल बन्दैछ । अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा अस्पताल शिलान्यास भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शड्ढयाको अस्पताल बन्ने जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, बागमती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो।

सरकारले ५ शड्ढयाको अस्पताल निर्माण गर्न ८ करोड, १० शड्ढयाको अस्पतालका लागि ११ करोड र १५ श्ययाका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ। ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै छैनन् ।

तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो।

प्रदेश नं १ मा ३२, प्रदेश नं २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ।

सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइसकेको छ।

पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ श्ययाको अस्पताल बनाउन ६४ अर्ब ९ करोड पठाइएको छ ।

पाँच शड्ढयाको अस्पतालका लागि ७० लाख, १० शड्ढयाका लागि ८५ लाख र १५ शड्ढयाका लागि एक करोड पठाइसकिएको छ। अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन्।

तनहुँका ५ स्थानीय तहमा अस्पताल भवन निर्माण शुरुआत भएको छ । भीमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, देवघाट र ऋषिङ गाउँपालिकामा एकैसाथ अस्पताल भवन शिलान्यास गरिएको छ ।

भीमादको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा, शुक्लागण्डकीको राईपुर स्वास्थ्यचौकीमा, म्याग्देको थर्पु स्वास्थ्यचौकीमा, देवघाटको देवघाट स्वास्थ्यचौकीमा र ऋषिङको भीरकोट स्वास्थ्यचौकीमा अस्पताल निर्माण हुनेछ ।

भानुको पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा भने शिलान्यास कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

भीमाद र शुक्लागण्डकीमा १५÷१५ र म्याग्दे, देवघाट र ऋषिङमा १०÷१० शड्ढयाको अस्पताल निर्माण हुनेछ ।

पन्ध्र श्ययाको अस्पताल निर्माणका लागि १८ करोड छ लाख ८२ हजार १० शड्ढयाको अस्पताल निर्माणका लागि १० करोड ८३ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ ।

दश शड्ढयाको अस्पतालमा दुई जना मेडिकल अधिकृत १७ जना र १५ शड्ढयाको अस्पतालमा तीन जना मेडिकल अधिकृत २७ स्वास्थ्यकर्मी खटिनेछन् ।

सबै अस्पतालबाट आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिने सरकारको तयारी छ । शुक्लागण्डकी –११ राइपुरमा निर्माण शुरु भएको अस्पतालको सांसद आशा कोइरालाले शिलान्यास गरिन् ।

भीमाद–६ मा निर्माण सुरु भएको अस्पतालको सांसद केदार सिग्देलले शिलान्यास गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति भएको बताए ।

भीमाद नगर प्रमुख मेखबहादुर थापाले अस्पताल निर्माणसँगै यहाँका बासिन्दालाई स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाका अनुसार १२ रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण हुनेछ ।

देवघाट–५ मा निर्माण सुरु भएको अस्पतालको सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गर्दै वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य लगायतले समयमै अस्पताल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

ऋषिङ–४ स्थित भिरकोट स्वास्थ्यचौकीमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शिलान्यास गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार १० रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण गरिनेछ ।

म्याग्दे –४ स्थित थर्पुमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अस्पताल भवनको शिलान्यास गरिन् ।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दुई वर्षभित्र अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया