शव अस्पतालमा, जायजेथा धरौटीमा

समाधान संवाददाता २०७७ पुष ३ गते १२:१८

अमृत सुवेदी, पोखरा

यतिबेला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा छन्, म्याग्दीका जगेन्द्र पुन । बिलखबन्दमा छन्, उनका छोरा, भाइ र आफन्त ।

उच्च रक्तचापले हानेर मंसिर २४ गते अस्पताल ल्याईपु¥याइएका पुनलाई भेन्टिलेटरले पनि बचाउन सकेन । पुनको शव ३ दिनदेखि शहगृहमै थन्किएको छ ।

Advertisement

उनका छोरा र आफन्तलाई जगेन्द्रको मृत्युसहज लागेको छैन । जसका कारण उनीहरुले बाबुको शव बुझ्न मानिरहेका छैनन् ।

जगत भनेर चिनिने जगेन्द्रबहादुर प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको म्याग्दी ‘जनसरकार’ प्रमुख थिए । विभिन्न मुद्दामा पक्राउ पर्दै छुट्दै आएका जगेन्द्र अभद्र मुद्दामा दोषी ठहर भई पर्वत जिल्ला कारागारमा थिए ।

Advertisement

कारागारमै रहेका ५४ वर्षीय जगेन्द्र एक्कासि उच्च रक्तचापले ढले ।
कारागारकै क्लिनिकमा उपचार नहुने भएपछि उनलाई पर्वत जिल्ला अस्पतालमा पु¥याइयो । बिरामीको अवस्था गम्भीर भएको भन्दै पर्वत अस्पतालले पोखरा रिफर ग¥यो ।

पर्वतका कैदीबन्दीलाई उपचारका लागि पोखरा लैजानुपर्ने भएपछि कारागारबीच समन्वय भयो ।

जिल्ला कारागार कास्कीको जिम्मा लगाएर जगेन्द्रलाई पोखरा ल्याउँदा केही समय बितिसकेको थियो ।

उनलाई पश्चिमाञ्चल अस्पताल पु¥याउँदा चिकित्सकले भने, ‘उहाँको टाउकोमा रगत जमेको छ । तुरुन्त अप्रेसन गर्नुपर्छ ।’ तर, जगेन्द्रका आफन्त सम्पर्कमा थिएनन् ।

परिवारका सदस्य सम्पर्कमा आउँदासम्म जगेन्द्रको अवस्था खराब भइसकेको थियो र उनलाई भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आयो । अन्ततः २९ गते जगेन्द्रको भेन्टिलेटरमा ज्यान गयो । कारागारबाट परिवार र आँगन टेक्नै नपाई जगेन्द्रले ज्यान गुमाए ।

यही घटनालाई लिएर छोरा र आफन्तको आरोप छ, ‘सरकारले प्रतिशोध साँधेरै समयमा अस्पताल नल्याउँदा उनको ज्यान गयो ।’


जगेन्द्रका २ छाेरा

कारागार प्रशासनले रक्तचापका कारण जगेन्द्रको ज्यान गएको बताएको छ । ‘थुनामै रहेका गजेन्द्रको उपचारका लागि कारागार पर्वत र कास्कीले समन्वय गर्नुपर्ने भएकाले विभागकै समन्वयमा हामीले बुझेका हौं,’ कास्की कारागारका जेलरका केशव लामिछानेले भने, ‘अप्रेसन गर्न जिम्मा लिने मान्छे हुनुप¥यो ।

आफन्त सम्पर्कमै आएनन् । बिरामीको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमै राख्नुप¥यो ।’ टाउकोमा रगत जमेकाले बाँच्ने, नबाँच्ने निश्चित नभएपछि परिवारको सहमतिबिना अस्पतालले पनि अप्रेसन गर्न नसकेको कारागार प्रशासनले जनाएको छ ।

सरकारको नियन्त्रणमा रहेका व्यक्ति बिरामी पर्दा समयमा परिवारलाई जानकारी नदिएको, समयमै अस्पताल पु¥याउनुको सट्टा कारागार सार्ने प्रक्रियामा लागेको उनका जेठा छोरो तेजेन्द्रको आरोप छ ।

घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक नगर्दासम्म शव नबुझ्ने साइँला छोरा विनोदले बताए ।

‘दाइ कति बेला बिरामी हुनुभयो ? कतिबेला अस्पताल ल्याइपु¥याइयो ? सुरुमा ढल्दा कस्तो अवस्था थियो र ज्यानै ज्याने अवस्था किन आयो ? यो बीचमा कहाँ कहाँ दौडाइयो भन्ने यथार्थ नबताउँदासम्म शब बुझ्दैनौं,’ जगेन्द्रका भाइ थमबहादुरले भने, ‘उहाँको ज्यान ठूलो हो कि कारागार ? किन उपचारमा ढिलाइ भयो ?’

कास्कीका जेलर लामिछाने जगेन्द्रको उपचारमा कुनै लापरबाही नभएको बताउँछन् । केन्द्रीय कारागार विभागमा घटनाबारे जानकारी गराइसकिएको लामिछानेले जनाए ।

जगेन्द्रका परिवारले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नागरिक समाज लगायतमा निवेदन दिइसकेको आफन्त भविसरा पुनले जानकारी दिइन् । ‘हामीलाई लागेको थियो, एक दिन बा कारागारबाट फर्किन्छन्,’ छोराहरुले भने, ‘अब कहिल्यै नफर्किने गरी गए ।’

पटक पटक छाड्दै पक्रिँदै

जगेन्द्र पछिल्लो ७ महिना प्रहरी हिरासत र कारागारमै रहेको परिवारले जनाएको छ । अदालतबाट धरौटीमा छाड्ने र गेटबाटै फेरि प्रहरीले पक्राउ गर्ने क्रम निरन्तर चलिरहेको थियो ।

म्याग्दी मालिका गाउँपालिका वडा नम्बर ३ अधिभारामा ९ फागुन २०७६ मा जगेन्द्र पक्राउ परेका थिए । जगेन्द्रलाई घरमा सुतिरहेका बेला अभद्र मुद्दामा प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई चैत १८ गते १८ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला भएको थियो । त्यसको लगत्तै गौ–वध मुद्दामा पक्राउ गरिएको परिवारले बताएको छ ।

उक्त मुद्दामा ५४ हजार धरौटी तिरेर १८ असोज २०७७ मा जगेन्द्रलाई रिहा गर्ने फैसला भयो । फेरि अभद्र मुद्दामा पक्राउ गरी जगेन्द्रलाई थुनामा राखिएको र १ लाख १८ हजार धरौटीमा रिहाइ गर्ने फैसला भयो ।

धरौटी तिर्ने रकमसमेत नभएपछि जग्गा जिल्ला प्रशासन कार्यालय म्याग्दीको पत्रानुसार मालपोतमा जग्गा रोक्का गरी उनलाई रिहा गरियो ।

फेरि जिल्ला प्रहरी कार्यालय पर्वतले उनलाई पक्राउ गरेको थियो ।

अभद्र मुद्दामा पक्राउ परेका जगेन्द्रलाई जिल्ला अदालत पर्वतले ५४ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने फैसला गरेको र धरौटी तिर्न नसकेपछि थुनामा राख्ने आदेश भएको परिवारको भनाइ छ ।

‘पछिल्लो ७ महिना पक्राउ गर्दै, छोड्दै बुवाको हुर्मत लिइएको थियो,’ छोरा तेजेन्द्रले भने, ‘अहिले पर्वत कारागारमा हुँदाहुँदै बिरामी पर्नुभयो र समयमै उपचार नपाएर ज्यान गुम्यो ।’

जग्गा धरौटी तिर्न नसकेर रोक्का भएको र पटकपटक बुवा जेल परेको पीरले २ महिनाअघि आमाको पनि ज्यान गएको उनले बताए । ‘जग्गा रोक्का छ । आमा बुवाकै पीरले बित्नुभयो,’ उनले भने ।

जगेन्द्रका ४ छोरा छन् । जगेन्द्र बिरामी परेर पोखरा ल्याइएदेखि २ छोरा र आफन्त पोखरामै छन् । तत्कालीन माओवादीमा संलग्न रहेको भन्दै पक्राउ परेर १९ महिना जेल परेका जगेन्द्र शान्ति सम्झौतालगत्तै रिहा भएको परिवारले जनाएको छ । दोस्रो संविधान सभानिर्वाचनयता जगेन्द्र ९ पटक प्रक्राउ परेको उनका छोराहरुले बताए ।

जगेन्द्रको मृत्युपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै मानव अधिकार आयोग र कानुनविदलाई घटनाको छानबिन गर्नसमेत माग गरेका छन् ।

तपाईको प्रतिक्रिया