१ को मृत्यु, ४० संक्रमित थपिए

समाधान संवाददाता २०७७ पुष ७ गते १८:५१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार तनहुँका १ संक्रमितको मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा तनहुँ पोखरा ५ का ६४ वर्षीय संक्रमित पुरुष छन् । मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार बेलुका साढे ८ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

उनमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

Advertisement

गण्डकी प्रदेशमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८८ पुगेको छ । ज्यान गुमाउनेमा कास्कीका १ सय ६, तनहुँका २१, नवलपुरका २०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ जना छन् ।

प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् । ४ सय ९१ जनाको कोरोना परिक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको हो ।

मंगलबार थपिनेमध्ये ३३ जना कास्कीका छन् । स्याङ्जामा ४ र तनहुँमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४ हजार ५९ पुगेको छ । तीमध्ये १२ हजार १ सय ६६ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया