पार्टीे एकताको टुंगो सचिवालय लगाउँछ

अर्जुन काफ्ले
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले पार्टीे एकताको टुंगो सचिवालयले लगाउने बताएका छन् । नेकपा पुतलीबजार नगर संयन्त्रले आयोजना गरेको प्रशिक्षण एवं पार्टीका प्रदेश सदस्यको सम्मान तथा स्वागत कार्यक्रममा शनिबार उक्त कुरा बताएका हुन् ।
उनले सचिवालयबाट एकताको टुंगो नलागेमा पार्टी अध्यक्षद्वयले स्थायी र केन्द्रीय सदस्यसँग समन्वय गरेर निष्कर्ष निकाल्ने प्रष्ट्याए । पार्टी नीतिले चल्ने भन्दै पार्टी एकताको तल्लो तहसम्मकै काम १ महिनाभित्र टुंगिने अधिकारीले दाबी गरे । मुल नेतृत्वले पार्टी एकता गरे पनि गुटगत स्वार्थले तल्लो तहसम्म हुन ढिलाइ भएको स्पष्ट पारे । गुटगत राजनीति सबैभन्दा ठूलो अपराध भएकाले गुटमा लाग्नेले पार्टी सदस्य छ भनेर नभन्न आग्रह आग्रह गरे ।
पूर्व एमाले र माओवादी केन्द्र नभएको बताउँदै नेता अधिकारीले अब ६०-४० को फर्मुला फेल खाने बताए । उनले जुनसुकै पार्टी सदस्यले सही कुराको समर्थन र गलत कुराको विरोध गर्न जान्नुपर्ने बताए ।
आफू, नीति र नेतृत्वप्रति विश्वास नहुनेलाई पार्टीभन्दा बाहिर बस्न चुनौती दिँदै पार्टी नेतृत्वको विरोध गर्ने सच्चा कम्युनिस्ट कार्यकर्ता नहुने बताए । ओली र प्रचण्ड नहुँदा पनि पार्टी हुने बताउँदै उनले माक्र्सवाद र लेलिनवाद मार्गदर्शन सिद्धान्त रहिरहने धारणा राखे ।
तुलसी, वर, पीपल र गाईको महत्व विज्ञानले नै पुष्टि गरेको उल्लेख गर्दै उनले कम्युनिष्ट पनि विज्ञान सम्मत हुने बताए । कार्यशैली र प्रद्धति नबुझ्दा पार्टी बिग्रेको बताउँदै नेता अधिकारीले लहैलहैमा कसैको पछाडि नलाग्न नेता,कार्यकर्तालाई निर्देशन दिए । कार्यकर्तालाई पार्टीको पाटपुर्जा भएकाले पार्टी अघि बढाउन कार्यकर्ताको योगदान महत्वपूर्ण हुने बताए ।
क्रान्तिकारी पार्टीको नाममा विप्लव पार्टी चन्दा संकलन र स्वार्थपूर्तिमा लागेको आरोप लगाउँदै उनल नेकपा पनि संगठन नहुँदा सत्ताको गोलचक्करमा फँसेकेो स्वीकारे । वर्गविहीन समाज बनाउने अभियान पार्टीको भएको खुलासा गर्दै उनले कुनै बेला नेकपा नहुने घोषणा गरे । उनले भने, ‘कांग्रेसको प्रतिशोध थेग्न माओवादीे जन्मिएको र कांग्रेसले नै धकेलेर जंगल पुर्याएको हो ।’
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता अधिकारीले सरकारले काम नगरेको भन्नु गलत भएको भन्दै सरकारको बचाउ गरे । उनले भने, ‘सरकारको कामले प्रतिपक्ष डराएर हल्ला फैलाएको छ ।’ कार्यक्रममा पार्टी गण्डकी प्रदेश सदस्य शैलेन्द्र घिमिरे, गण्डकी प्रदेश सदस्य मीनप्रसाद गुरुङ, सीमाकुमारी क्षेत्री, नगर संयन्त्र सदस्य इन्द्र राना, तारा शर्मा, नारायण लम्साल लगायतले बोलेका थिए ।







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया