कस्तो रहनेछ आजको मौसम ?

समाधान संवाददाता २०७८ वैशाख २६ गते ७:५७

समाधान संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुन सक्ने जनाएको छ । त्यस्तै अधिकांश स्थानमा बदली हुने महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशलगायतका भू(भागमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षा हुने सम्भावना छ ।

Advertisement

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण(पूर्व भू(भागनजिक रहेको पूर्व(पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

भोलि देशभर बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।

Advertisement

त्यस्तै मंगलबार देशभर बदली हुने छ । मंगलबार केही स्थानमा वर्षा हुने तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

तपाईको प्रतिक्रिया