कृष्ण थापाको पक्षमा सर्वोच्चको आदेश

समाधान संवाददाता २०७८ जेठ २३ गते १६:२७

समाधान संवाददाता, पोखरा

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापामाथिको कारबाही सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

Advertisement

सांसद थापामाथि राष्ट्रिय जनमोर्चाले २९० जेठमा सांसद पद खारेजीको निर्णय गरेको थियो । आफूमाथि कारबाही भएपछि थापाले शुक्रबार सर्वोच्चमा रिट दिएका थिए ।

थापामाथिको कारबाही बदर हुनेभएपछि गण्डकी प्रदेशको सत्ता समिकरण थप रोचक हुने देखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया