चिल्ड्रेन नेपालको सहयोग

समाधान संवाददाता २०७८ साउन ८ गते ११:२७
संकेतिक तस्बिर

समाधान संवाददाता

पोखरा–चिल्ड्रेन नेपालले कोभिड १९ को महामारीबाट टोल समुदायलाई स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. ३ को सहरी स्वास्थ्य केन्द्रका लागी स्वस्थ्य सामग्रीहरु सहयोग गरेको छ ।
संस्थाका कार्यसमिति सदस्य राधादेवी शर्माले पोखरा ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजुलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरिन् । स्वस्थ्य सामग्रीमा थर्मलगन, अक्सिमिटर, पिपिई सेट, माक्स, ग्लोब्स लगायत छन् ।
कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र पौडेल, वाड सचिव चन्द्रावती वाग्ले, सहरी स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट अञ्जना पौडेल, संस्थाका सहसंयोजक रमेश सुवेदी, वडा बाल मञ्चका अध्यक्ष सृष्टि लामिछाने, सचिव सुबेग पाण्डे लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया