पाेखराका लागि पर्यटक बस छुट्न शुरु

समाधान संवाददाता २०७८ साउन १४ गते १८:५३

विगत १७ महिनादेखि ठप्प पर्यटक बस आंसिक रुपमा खुलेका छन् । साउन पहिलो साताबाट पर्यटक बसको सेवा शुरु भएको हो । कोरोना महामारीको दोस्रो लहरपछि घोषित निषेधाज्ञा खुकुलो पारिएसँगै बस सञ्चालनमा आएका नेपाल टुरिस्ट बस एशोसिएसन अफ नेपालका अध्यक्ष इश्वर शर्माले जानकारी दिए ।

अहिले दैनिक २ वटा बस पोखराका लागि र एक वटा बस चितवनका लागि काठमाडौंबाट छुट्न शुरु गरेको शर्माले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया