वागमतीमा १० मन्त्रीले लिए सपथ

समाधान संवाददाता २०७८ भदौ २४ गते १४:५०

हेटौंडा- वागमतीका नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेकी थिइन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । थपिएका मन्त्रीहरूसहित अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।


मुख्यमन्त्री शाक्यले अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्ति गरेकी छन् ।


शान्तिप्रसाद पौडेल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् । प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्रालय, विजय सुवेदी सामाजिक विकास मन्त्रालय र सरस्वती बाटी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा नियुक्त भएका छन् ।
बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जुनेली श्रेष्ठ सामाजिक विकाश मन्त्रालय र जीवन खड्का भौतिक पूर्वाधार विकास मन्त्रालयमा नियुक्त गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया