नेकपा एस पोखरा १५ मा ख्यामनारायण

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पोखरा महानगरपालिका वडा नं १५ मा भेला गरेको छ । भेलाले ख्यामनारायण पौडेलको अध्यक्ष्यतामा ३५ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष्यमा गुरूदत्त पौडेल, कुमारी गरुङ छन् । सचिवमा मदन गिरी चुनिएका छन् ।
भेलामा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य श्रीनाथ बरालले आफ्नै पार्टीको झण्डै दुईतिहाईको बहुमतको संसद माथि असंवैधानिक तवरले पटकपटक प्रहार गर्ने काम भएको बताए । एमालेले लोकतन्त्र र संविधानको रक्षा गर्न नसक्ने भएकाले आफूहरूले विद्रोह गरी नयाँँ पार्टी गठन गरेको उनले सुनाए ।
पार्टीका पोखरा महानगर अध्यक्ष मुक्ति पौडेल, जिल्ला उपसचिव पूर्ण लामा, सचिवालय सदस्यहरु डिबी राई, चित्र बराल, पुनलाल विक, जिल्ला कमिटी सदस्यहरु शर्मिला पौडेल, ख्यामनारायण पौडेल, मुक्ति गुरुङ लगायतले पुष्पलाल, मदन र मनमोहनले देखेको सपनालाई साकार पार्ने दायित्व आफ्नो पार्टीको काँधमा आएको बताए । वडाका ज्येष्ठ कम्युनिस्ट नेता ओमबहादुर थापाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रम सञ्चालन बेन गरुङ र स्वागत गणेश कार्कीले गरेका थिए ।






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया