प्रधानमन्त्री देउवाको बोली चिप्लियोः महाकवि, मोतिराम गण्डकीमा जन्मे

समाधान संवाददाता २०७८ असोज २४ गते १३:२७

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका छन् । साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै देउवाले नेपालमा निरअक्षरहरुको तथ्यांक निकालेर कार्यक्रम बनाइ बजेट विनियोजन गरिने बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले गण्डकी प्रदेश विद्धानहरुको जन्मभूमि भएको बताए । उनले गण्डकीमा जन्मिएका विद्धानहरुको नाम लिँदै गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि गण्डकीमै जन्मिएको बताए । महाकवि लक्ष्मीप्रसाद देवकोटासँगै मोतिराम भट्ट पनि गण्डकीमै जन्मिएको उनले बताए । ‘ठूलाठूला विद्धान जन्मिएको ठाउँ हो यो । महाकवी लक्ष्मीप्रसाद देवकोटा यहीँ जन्मे, लेखनाथ पौड्याल, मोतिराम भट्ट जन्मिएको ठाउँ हो यो,’ उनले भने ।

साँच्चै देवकोटा, मोतिराम भट्ट गण्कडीमा जन्मिएका हुन् त ? होइन, देवकोटा र मोतिराम भट्ट दुवैको जन्मस्थल काठमाडौं हो । प्रधानमन्त्री देउवाको यो भनाइ टंग स्लिप कि अज्ञानता ?

Advertisement

तपाईको प्रतिक्रिया