पाकिस्तानी प्रधानमन्त्री इमरानको कुर्सी खतरामा

समाधान संवाददाता २०७८ असोज ३१ गते १२:१८

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कुर्सी मुस्किलमा परेको छ । उनी हाल पाकिस्तानको खुफिया एजेन्सी आईएसआईका नयाँ प्रमुखको नियुक्तिलाई लिएर चर्चामा छन् । सोही कारण इमरान र सेना प्रमुख कमर जावेद बाजवाबीच खिचातानी चलिरहेको छ ।यो मतभेदलाई लिएर इमरानको कुर्सीसमेत मुस्किलमा परेको अड्कल लगाउन थालिएको छ । यदि इमरान आफ्नो ढिपीमा कायमै रहने हो भने तत्काल विदेश मन्त्री शाह महमूद कुरैसीलाई कुर्सी दिने दिन आउन सक्ने अड्कल गरिएको हो ।

इमरानलाई चुनाव जितेर नभई सेनाले छानेर बनाएको प्रधानमन्त्री भनिन्छ । यस्तोमा तिनै सैन्य प्रमुखलाई चिढाउँदा उनको कुर्सी हल्लिने विश्लेषण भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया