नाटक निर्देशन कार्यशाला सुरु

समाधान संवाददाता २०७८ कार्तिक ६ गते ११:३१


पोखरा
पोखरामा गण्डकी प्रदेश स्तरीय नाटक निर्देशन कार्यशाला शुक्रबारबाट सुरु भएको छ । कार्यशाला गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरे ।


उनले नाटक निर्देशन कार्यशालाले प्रदेशको नाट्य क्षेत्रलाई थप क्रियाशिल बनाउन सघाउने विश्वास व्यक्त थरे । नाटकमा पस्कने सामग्री जस्ताको तस्तै दर्शकमाझ पुग्ने भएकाले यसरी पस्कने सामग्रीमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।


नेपाल संगीत तथा नाट्य एकेडेमीका पूर्व सदस्य सचिव तीर्थ श्रेष्ठले गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापनासँगै प्रदेशको साहित्य तथा कलाको क्षेत्रमा केही सकारात्मक संकेत देखिएको बताए । उनले कोरोनाका कारण थला परेको नाट्यक्षेत्रलाई चलायमान बनाउन कार्यशालाले सघाउने विश्वास व्यक्त गरे ।

Advertisement


प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’को अध्यक्षतामा भएको कार्यक्रममा समाजशास्ती डा. विश्वकल्याण पराजुली, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र प्राज्ञ सदस्य सुरेन्द्र गुरुङले बोलेका थिए ।


गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुरु भएको यो कार्यशालामा गण्डकी प्रदेशका ९ जिल्लाबाट २२ जनाको सहभागिता छ । मनाङ र मुस्ताङबाट सहभागी छैनन् । कार्यशालाले गण्डकीमा नाटक प्रतिको आर्कषण बढाउन सहयोग पुग्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार क्षेष्ठले बताए । कार्यशालामा १५ प्रशिक्षकले दिने छन् । कार्यशाला कार्तिक १५ गतेसम्म चल्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया