घाँटीमा चक्कु हानी स्याङ्जामा १६ महिने बालकको हत्या
समाधान संवाददाता
२०७८ पुष २८ गते १९:०९

पोखरा ।
घाँटीमा चक्कु प्रहार गरि स्याङ्जामा १६ महिने शिशुको हत्या भएको छ । बुधबार दिँउसो १ बजे चक्कु प्रहार भएको हो ।
बालिङ नगरपालिका १२ सिर्सीबाटमा १६ महिने साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
हत्यामा संलग्न भएको अभियोगमा त्यही घरमा डेरा बस्दै आएका ३३ वर्षीय जीतेन्द्र गुरुङ पक्राउ परेका छन् ।
चक्कु प्रहारपछि साइमनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा पुर्याइएपछि डाक्टरले उनलाई मृत घोषण गरिदिएका हो । प्रहरीका अनुसार नाबालक साइमानकी ५ वर्षीया दिदी साइना पनि घाइते भएकी छन् ।
दिदीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । नाबालकलाई किन चक्कु प्रहार गरे भन्ने कुरा अहिलेसम्म खुलेका छैन ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया