डुम्रे–बेंसीसहर सडक २ लेन बनाइने

लमजुङ ।
लमजुङ र तनहुँ जोड्ने डुम्रे–बेंसीसहर सडक २ लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट २ लेनको बनाउन थालिएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।
उनले भने, ‘डुम्रे बजारबाट २ सय २० मिटरदेखि ८ दशमलव ३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा २ लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५÷१५ मिटरको हुने भएको छ । ’
१०÷१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ । यसअघि ३ दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकामा अब ७ मिटरको हुने उक्त आयोजनाले जनाएको छ । दायाँबायाँ एक। एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण गरिने भएको छ ।
अहिले सडकको नाली बनाउने, चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायत निर्माण कार्य भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ भने कालोपत्र सकिएपछि सडक रङ्गरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । ८ दशमलव ८ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशीष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो ।
डुम्रे बेंसीसहर सडक ४२ किलोमिटर लामो छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पिएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकामा उक्त जेभीले ३८ करोड ९ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिएलगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।
छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको उक्त सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पु¥याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको ४ वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र गरिएकोे थियो । कालोपत्रे भए पछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको थियो ।
उक्त सडकमा दैनिक सयौं साना तथा ठूला सवारीसाधन चल्छन् । डुम्रे बेँसीसहरको उक्त सडकहुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक २ लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया