पाेखरा २० माैजामा चक्कु प्रहार गरी हत्या गर्ने पक्राउ

पोखरा ।
पोखरा २० मौजामा घर भएका चोकेन्द्र गुरुङको हत्या भयो । शिवरात्रीमा स्थानीय क्लबद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा विवाद हुँदा बिहान १ बजेतिर उनीमाथि चक्कु प्रहार भएको थियो ।
उपचारका लागि मणिपाल अस्पताल पु¥याइएका चोकेन्द्रलाई डाक्टरले मृत घोषणा गरेका थिए । घटना भएको २ घण्टामै अर्थात् बिहान ३ बजे प्रहरीले २ अभियुक्तलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पोखरा २० लामडाँडा बस्ने २९ वर्षीय प्रकाश गुरुङ र २५ वर्षीय निशान गुरुङ थिए । उनीहरुलाई समातिएपछि घटनामा संलग्न पोखरा २० लामाखेत बस्ने वर्ष ३० का डिलबहादुर गुरुङलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार उनीहरुको साथबाट १ थान चक्कु बरामद भएको छ । उनीहरुलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको तिवारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया