लागूऔषध विरुद्ध सचेतना आवश्यक

समाधान संवाददाता, पोखरा
सामाजिक संजाल ‘फेसबुक ग्रुप’ हाम्रो पोखराले जनप्रिय बहुमुखी क्याम्पसमा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरामा क्रियाशील समूहले सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीसँगको सहकार्यमा सचेतना कार्यक्रम भएको हो ।
हाम्रो परिवार नेपाल लागूऔषध उपचार तथा पुनस्र्थापना केन्द्र बैदामको प्राविधिक सहयोगमा भएको सभामा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता गोविन्द पुरीले पोखरामा सचेतना आवश्यक भएको बताए । उनले विभिन्न संस्थामा आवद्ध युवा युवतीलाई प्रशिक्षणमार्फत राष्ट्रको टाउको दुखाइको विषयलाई सधैंका लागि अन्त्य गर्नु पर्नेमा जोड दिए ।
४८ जना युवा युवती सहभागी कार्यक्रममा हाम्रो परिवार नेपाल लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्र बैदामका परामर्शदाता अमृतकुमार भट्टराईले प्रशिक्षण दिएका थिए । ‘हाम्रो पोखरा ग्रुप’ले पहिलो पाईला नेपाल, मुस्कान गाईज पोखरा, युथ हेल्पिङ ह्यान्स पोखरा, स्टार १८ स्टार्स टिम कास्की, हेल्प फर ह्याप्पीनेससँग सहकार्य गरेर विभिन्न कार्यक्रम गर्दैै आएको छ ।







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया