लोमान्थाङमा एमालेले उठायो उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्षसहित ५ वटै वडामा आफ्ना उम्मेदवार चयन गरेको छ ।एमाले पालिका तथा वडा स्तरीय कमिटीले सर्वसम्वत उम्मेदवार चयन गरेको जनाईएको छ ।
एमाले लोमान्थाङ पालिका कमिटी अध्यक्ष निमा ढिन्डुक गुरुङको अध्यक्षता तथा एमाले गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टको बिशेष उपस्थितीमा एमालेले लोमान्थाङ गाउँपालिकाका लागि उम्मेदवार छनौट गरेको हो ।
नेकपा एमालेले लोमान्थाङ गाउँपालिकाका लागि अध्यक्षमा लोमान्थाङ—३ ठिङ्गरका टसी नर्बु गुरुङ र उपाध्यक्षमा लोमान्थाङ—५ की छिमी बिष्ट गुरुङलाई उम्मेदवार बनाउन निर्णय गरेको गण्डकी प्रदेश कमिटी सदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए
उनका अनुसार एमालेले लोमान्थाङ—१ मा हिमा ढिन्डु गुरुङ,लोमान्थाङ—२ मा कर्मा नाम्ग्याल गुरुङ,लोमान्थाङ—३ मा आङजेन गुरुङ,लोमान्थाङ—४ मा छिरिङ ढिन्डुक गुरुङ र लोमान्थाङ—५ मा गोम्वो गुरुङलाई वडाध्यक्षको उम्मेदवारको रुपमा उभ्याएको हो । लोमान्थाङका ५ वटै वडाहरुको वडासदस्यको उम्मेदवार तय गर्ने बिषयमा छलफल भईरहेको गण्डकी प्रदेश कमिटी सदस्य बिष्टले बताए ।
यसअघि एमाले लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा लोप्साङ छोम्फेल बिष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यता नेपाली कांगे्रसले लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ—१ छोसेरका टसी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । एमालेले घरपझोङ—३ को वडाध्यक्षमा फडिन्द्र थकालीलाई उम्मेदवार बनाउने भएको छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसंगै मुस्ताङमा नेपाली कांग्रेस ,नेकपा एमाले लगायतका दलहरु तिब्र रुपमा उम्मेदवार छान्न छुटेका छन् । पार्टी स्रोतका अनुसार मुस्ताङका ५ वटै स्थानीय तहमा उम्मेदवार दिने व्यक्तिको नामावली शुक्रबारसम्म सार्वजनिक गर्ने बताएका छन् ।
नेपाली कांग्रेसबाट लोमान्थाङमा अध्यक्ष पदमा उम्मेदवारी दिन छोसेर निवासी टसी गुरुङ स्वास्थ्यकर्मी हुन् । उनले निर्वाचनमा उम्मेदवार बन्ने भएपछि स्वास्थ्यक्षेत्रबाट राजिनामा गरेका छन् ।एमालेबाट लोमान्थाङमा अध्यक्षका उम्मेदवार टसी नर्बु गुरुङ पनि स्वास्थ्यकर्मी हुन् । उनी उपल्लो मुस्ताङको जिग्मे फाउन्डेसनमा कार्यरत थिए ।उपाध्यक्ष छिमी बिष्ट गुरुङ स्थानीय समाजसेवी हुन् । उनी लोमान्थाङ आमा समूहको अध्यक्ष र सचिव पदमा कार्यसम्पादन गरेकी थिईन् । उनी स्थानीय तह निर्वाचन २०७४ पछि माओवादी केन्द्र छोडेर एमालेमा प्रबेश गरेकी थिईन् ।
यस्तै एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिने लोप्साङ छोम्फेल बिष्ट पालिका अध्यक्ष हुन् ।उनी जिग्मे फाउन्डेसनको कोषाध्यक्ष एवं उपल्लो मुस्ताङको विकासमा उनको योगदान महत्वपूर्ण छ । यस्तै लोघेकर —१ मा पूनः टै ढिन्डुक ठकुरीलाई एमालेले वडाध्यक्ष उम्मेदवार बनाउने भएको छ ।उनी २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा जीत हासिल गरेका थिए ।
तपाईको प्रतिक्रिया