शिंगो संगठनको भित्तेपात्रो विमोचन

समाधान संवाददाता २०७९ वैशाख ८ गते ११:१६

पोखरा l
५/३ जीआर (शिंगो) भूूपू सैनिक संगठन पोखराका भूपूले भित्तेपात्रो प्रकाशन गरेको छ । नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदानसहित भित्तेपात्रो विमोचन गरिएको थियो ।
कार्यसमितिका अध्यक्ष क्या टंकबहादुर घलेको सभापतिमा भएको कार्यक्रमको प्रमुख अतिथि संगठनका संस्थापक सल्लाहकार क्या गुञ्जबहादुर गुरुङ थिए । सिएचएम खिमबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
हबल्दार टेकबहादुर दुरा र उनकी धर्मपत्नीलाई स्वागत र सम्मान गरिएको घलेले जानकारी दिए । सोही कार्यक्रममा क्या राजबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय क्यालेन्डर प्रकाशन उपसमिति गठन गरिएको भित्तेपात्रो प्रकाशनका संयोजक गुरुङले बताए ।
कार्यक्रमका सभापति घलेले र भित्तेपात्रो प्रकाशनका संयोजक गुरुङले भित्तेपात्रो प्रकाशनमा खटिएका सदस्यलाई धन्यवाद तथा संगठनका सम्पूर्ण सदस्य तथा परिवारजनमा नयाँ वर्ष तथा आउँदै गरेको बुद्ध जयन्तीको शुभकामना दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया