राजनिति
पूनः उम्मेदवार बन्न लोमान्थाङका ८ जना जनप्रतिनिधिले दिए राजिनामा
४ जना वडाध्यक्षले ४ थान मोटरसाईकल पालिकालाई फिर्ता

जोमसोम—
बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न लोमान्थाङ गाउँपालिकाका ८ जना जनप्रतिनिधिले शुक्रबार राजिनामा दिएका छन् ।उनीहरुले गाउँपालिका अध्यक्ष सुवर्णकुमार बिष्ट समक्ष पदबाट राजिनामा दिएका हुन् ।
आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार हुँन चाहने जनप्रतिनिधिले निर्वाचन आचार सहिंताको पालना गर्न पदबाट राजिनामा दिनुपर्ने हुन्छ । स्थानीय तहमा आफुले प्राप्त गरेको सेवा सुविधा समेत पालिकालाई हस्तान्तरण गर्नुपर्ने प्रावधान निर्वाचन आचार सहिंतामा उल्लेख छ । स्थानीय तहको निर्वाचन मनोनयपत्र बुझाउने समय दुई बाँकी रहँदा लोमान्थाङका ८ जना जनप्रतिनिधिले पदबाट राजिनामा दिएको लोमान्थाङका प्रशासन प्रमुख बिकास केशीले जानकारी दिए ।
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न २०७४ सालको स्थानीय तहको निर्वाचनमा लोमान्थाङ गाउँपालिकाबाट निर्वाचित ४ जना वडाध्यक्ष र ४ जना वडासदस्यहरुले पदबाट राजिनामा दिएको प्रशासन प्रमुख केशीले उल्लेख गरे । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि राजिनामा दिनेमा लोमान्थाङ—१ का वडाध्यक्ष पेमा आङ्ग्या गुरुङ ,वडा —२ बाट ङवाङ खेटु गुरुङ ,वडा —३ बाट आङ्ग्या गुरुङ र वडा—४ बाट नम्डु गुरुङ छन् । यस्तै राजिनामा दिने अन्य वडासदस्यहरुमा पेमा छिरिन गुरुङ,छिरिङ युटिन गुरुङ,पासाङ छिरिङ गुरुङ र महिला सदस्य काच्र्युङ बिष्ट छन् । राजिनामा दिने वडाध्यक्ष तथा वडासदस्यहरु सबै नेपाली कांग्रेस निटक रहेको प्रशासन प्रमुख केशीले बताए । उनीहरुले स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित भई जनप्रतिनिधिको हैसियतले कार्यसम्पादन गदैआईरहेको र बैशाख ३० गते हुँने निर्वाचनमा उम्मेदवार हुन चाँहेकाले यसअघिको पदबाट राजिनामा दिन परेको पत्रमा उल्लेख गरेका छन् ।
लोमान्थाङमा कांगे्रस निकट जनप्रतिनिधिले पदबाट राजिनामा दिदै आफुले प्रयोग गर्दैआईरहेको सवारी साधन पालिका अध्यक्ष सुवर्णकुमार बिष्टको रोहबरमा पालिकाका स्टोर शाखा प्रमुख कमल कंडेललाई फिर्ता गरेको प्रशासन प्रमुख केशीले जानकारी दिए । उनका अनुसार लोमान्थाङमा ४ जना वडाध्यक्षले ४ थान मोटरसाईकल पालिकालाई फिर्ता गरेको जानकारी दिए ।






बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया