रेमिट्यान्स चिन्ने, आप्रवासी नचिन्ने !

पोखरा ।
१ सय ३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज कास्कीले आइतबार अन्तरसंवाद आयोजना गरेको छ । ‘मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसा, श्रमको सम्मान समृद्धिको आधार, श्रमिकको अधिकार मानव अधिकार’ भन्ने नाराका साथ भएको कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले आम श्रमिकको सवाल मानवताको आन्दोलनसँग जोडिएको बताए ।
उनले सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको मजदुरको संगठित आन्दोलनले वस्तुको दर्जामा रहेका मजदुरको अवस्था नागरिकसरह भएको उल्लेख गरे । ‘मजदुरको सवाल सामाजिक रुपान्तरण र मानव अधिकार आन्दोलनसँग जोडिएको विषय हो,’ सभापति खनालले भने, ‘श्रमको सम्मान गर्दा राष्ट्र विकासको आधार बन्छ ।’ उनले राष्ट्रिय पुँजीको निर्माणमा श्रमिकको योगदान रहेको बताए । उनले जति धेरै प्राविधिक जनशक्ति हुन्छ, त्यति नै त्यस देशको कुल ग्राहस्थ उत्पादन बढी हुने दाबी गरे ।
उनले रेमिट्यान्सलाई चिने पनि आप्रवासी कामदारलाई राज्यले नचिनेको बताए । उनले आप्रवासी कामदारको योगदानप्रति राज्य संवेदनशील नभएको तर्क गरे । मानव अधिकार तथा शान्ति समाज कास्कीका पूर्व सभापति तथा सल्लाहकार देवीलाल शर्माले श्रम विनाको समृद्धिको परिकल्पना गर्न नसकिने बताए । उनले श्रमिकको अधिकार रक्षा गर्न मानव अधिकारकर्मी प्रतिवद्ध हुनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका अधिकृत बुद्धिसागर घिमिरे, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीमा सभापति विजयराज भण्डारी, प्रेस चौतारी नेपाल अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, मानव अधिकार तथा शान्ति समाज कास्कीका सभापति तीर्थराज न्यौपाने, उपसभापति रामकृष्ण ढुंगाना, सचिव सावित्री शर्मा लगायतले श्रमिकका सवालको बारेमा बोलेका थिए ।







निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया