सामूहिक भावले पोखरा बनाऔंः मेयर आचार्य

पाेखरा ।
पोखरा महानगरपालिकाका नव निर्वाचित मेयर धनराज आचार्यले म भनेर होइन, हामी भनेर पोखरा बनाउनुपर्ने बताएका छन् । लेखनाथ उद्योग बाणिज्य संघले आइतबार नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा प्रमुख आचार्यले समग्र पोखरा उपत्यकाको विकासका लागि सामूहिक भावनाले अगाडि बढ्नुपर्ने बताए ।
उनले पोखराको विकासका लागि निजी क्षेत्रसगँ सहकार्य गरिने उल्लेख गरे । पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गराउँदै यहाँ रहेका प्राकृतिक स्रोत, साधनको भरपुर उपयोग गर्दै ग्रेटर पोखराको अवधारणा अनुसार जनतामा विकासको प्रत्याभूति हुने खालका काम गरेर देखाउने प्रतिवद्धता जनाए ।
मेयर आचार्यले पोखरा र लेखनाथ एकै ठाउमा गाभिए पनि मन र मुटुलाई सँगसँगै जोड्न नसकिएको संकेत गरे । पोखराको फेवातालदेखि बगेनासतालसम्म मेट्रो रेल सञ्चालन र तालचोकदेखि बेगनासतालसम्मको बाटो स्तरोन्नतिको काम तुरुन्त हुने विश्वास दिलाए ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उत्पादकत्व बढाउने गरी भूमी बैंकको अवधारणा अनुसार बाँझो जग्गामा खेतीपाती गर्नका लागि कृषक प्रोत्साहनका कार्यक्रम ल्याउने जनाए । यो अवधारणलाई सघाउन उनले निजी क्षेत्रलाई आग्रह गरे । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मादीलाई कृषि, पर्यटन र विद्युतिकरणको माध्यमबाट समृद्ध बनाइने बताए । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले निजी क्षेत्र र स्थानीय तहको सहकार्यमा स्वदेशमा नै रोजगारीका अवसरको सृजना गर्नका लागि उद्योग, कलकारखाना स्थापना गरिनुपर्ने सुझाव दिए ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जनप्रतिनिधि र व्यवसायीको सहकार्यबाट मात्र आर्थिक समृद्धिको परिकल्पना गर्न सकिने जनाए । समारोहमा रुपा र मादी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु र पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका वडाध्यक्ष र वडा सदस्यलाई सम्मान गरिएको थियो । संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) र वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले पनि कार्यक्रममा बोलेका थिए ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया