पोखरा १८ को वडाध्यक्षमा ३ मतले हारेका थापाले हाले मुद्दा

पोखरा महानगरपालिका–१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेका एमाले उम्मेदवार पुस्कलबहादुर थापाले उच्च अदालत पोखरामा मुद्दा दर्ता गरेका छन् ।
यो वडामा नेपाली कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेको घोषणा मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो । तिमिल्सिनाले सपथ लिई पदभार ग्रहण गरिसकेका छन् । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ ।
निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर थापाले मुद्दा दिएका हुन् ।
थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन गणनाको माग सहित निवेदन दिएका थिए । तर पुनः गणना भएको थिएन । उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया