टिकट नपाउँदा आरोप लगाएः किशोरदत्त

समाधान संवाददाता २०७९ असार ७ गते ११:३५

पोखरा ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले चुनावमा टिकट नपाएकाहरुले आफुमाथि आर्थिक अनियमिताको आरोप लगाएको बताएका छन् । कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको सोमबारको कार्यक्रममा बोल्दै सभापति बरालले निर्वाचनमा आफूले भनेको मान्छे र आफूले टिकट नपाएकाहरुले आर्थिक अनियमिताताको आरोप लगाएको दाबी गरे ।

‘पार्टी होटेलबाट चल्यो भन्ने हल्ला बजारमा सुनेको छु,’ उनले भने, ‘गठबन्धनको सल्लाहमै होटेलमा कार्यक्रम गरिएको हो ।’
बहिष्कार गर्ने पक्षले लगाएका आरोपमा सत्यता नरहेको बरालले बताए । ‘स्थानीय तहको निर्वाचनको समीक्षा गर्न आइतबार बसेको जिल्ला समितिको पहिलो बैठक अनावश्यक कुरा उठाएर बहिष्कार गरियो,’ उनले भने । सभापति बरालले असार ५ गते बैठक आह्वान गरेका थिए ।

तर कार्यसमितिकै पदाधिकारी र सदस्यले बहिस्कार गरेपछि बैठक स्थगित भएको थियो । पार्टी कार्यालयमा बैठक नबसेर होटलमा बोलाइएको भन्दै आलोचना सुरु गरेका सहभागीले सभापति किशोरदत्त बराललाई मार्गप्रशस्त गर्नसम्म सुझाव दिएका थिए । कांग्रेसका तल्ला समितिमा नेतृत्व नगरी एकैचोटि जिल्ला सभापति भएका बराललाई पार्टीको संरचनागत पद्धति बिगारेको आरोपसमेत असन्तुष्ट पक्षले लगाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया