घार म्याग्दी पोखरा समाजको रक्तदान

समाधान संवाददाता २०७९ साउन ११ गते १३:०७

पोखरा ।
घार म्याग्दी पोखरा समाज पोखराको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित खुला रक्तदानमा ६६ युनिट रगत संकलन भएको छ । रक्त सञ्चार केन्द्र गण्डकीको प्राविधिक सहयोगमा शनिबार रक्तदान आयोजना गरिएको हो । पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता ज्योति भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुवात गरे ।

उनले घार समाजको सक्रियतामा प्रशंसनीय रहेको बताए । मानवीय र सामाजिक काम गर्ने समाजसँग वडा कार्यालय सहकार्य गर्दै अघि बढ्ने उनले बताए । समाजका अध्यक्ष प्रेमशंकर बरुवालको अध्यक्षतामा भएको समारोहमा कार्यक्रम संयोजक सु. मोतिराज बरुवाल, संस्कृत क्याम्पसका जगन्नाथ रेग्मी, उपाध्यक्ष गोकर्ण बरुवाल र रक्त सञ्चार केन्द्र गण्डकीका प्रतिनिधिले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया