सिबिआइले पक्राउ गरेपछि पत्रकार अर्जुन गिरीले जहाज चढ्नु अघि लेखेकाे स्टाटस

समाधान संवाददाता २०७६ वैशाख २ गते १७:१७

दिपक के श्रेष्ठ

विपीन बतास ठगी प्रकरणको समाचार प्रकाशनलाई लिएर साइबर क्राइम अन्तर्गत मुद्दा परेपछि राजधानीबाट आएकाे सिबिआइकाे टाेलीले पत्रकार अर्जुन गिरीलाइ पक्राउ गरेकाे छ ।

पक्राउ परेपछि पाेखरा विमानस्थल लैजाने क्रममा गिरीले बाटैमा स्टाटस लेखेर पाेस्टिए । पाेस्टमा गिरीले ‘पत्रकारिता साइबर क्राइम हाेइन’ भन्दै ठगीविरुद्ध आफ्नाे कलम नराेकिने र विचलित नहुने उल्लेख गरेका छन् ।

Advertisement

पत्रकार गिरी पाेखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पादक हुन् ।

गिरीले ताण्डवको चैत २२ गतेको अंकमा ‘ठग’ बदमास वीपेन्द्रराज बतास’ शीर्षकको समाचार लेखेका थिए। सोही समाचार ताण्डवन्युज डटकममा प्रकाशित भएको थियो।

Advertisement

समाचारमा बतासले पोखराका व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीलाई क्रमशस् १ करोड ९८ लाख र २ करोड २५ लाख गरी ४ करोड २३ लाख ठगेको उल्लेख छ।

श्रेष्ठ र पहारीले बतासबाट आफ्नो पैसा उठाइदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको कुरालाई समाचारको आधार बनाइएको छ।

गिरीकाे पक्राउकाे विराेध गर्दै पेशागत संगठनहरुले विज्ञप्तीमार्फत तुरुन्त रिहाइकाे माग गरेका छन् ।

तपाईको प्रतिक्रिया